चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा
सोमबार, पुस २२, २०८१

हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैनः इजरायल
सोमबार, पुस २२, २०८१
इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन।”

बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ
सोमबार, पुस २२, २०८१
शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।
पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश...

बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
सोमबार, पुस २२, २०८१
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
बिहीबार, पुस १८, २०८१
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।
“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका...
साताको लोकप्रिय