Harsamaya
दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी
दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । 
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ ।   यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिंग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याण कोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको रु. ३७ लाख १७ हजार ५३० प्रदान गरिएको छ ।
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै ट्रम्पले मङ्गलबार एक पत्रकार सम्मेलनमा आर्कटिक टापुको नियन्त्रण लिन सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेन । उनले यसअघि डेनमार्कले आफ्नो स्वायत्त क्षेत्र हस्तान्तरण गर्न अस्वीकार गरे उच्च भन्सार महसुल लगाउने चेतावनी दिएका थिए । 
तिब्बतमा भूकम्पपछि एक हजार २११ पराकम्पन
तिब्बतमा भूकम्पपछि एक हजार २११ पराकम्पन दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्ण ३ बजेसम्म कूल एक हजार २११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु
भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिएका हुन् ।
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएका छन् ।
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।  यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम...
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् । राज्यको इडुक्की जिल्लामा बिहान सबेरै भएको उक्त घटना बसको ब्रेक फेल भएर भएको आशङ्का गरिएको छ । बस केरला राज्य सडक यातायात निगमको थियो ।
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएका छन् । सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय...
Weather Update