भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
शुक्रबार, माघ ४, २०८१
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् ।

जाँदाजादै अमेरिकी राष्ट्रपति बाइडेले दिए दुई हजार ५०० जनालाई क्षमादान
शुक्रबार, माघ ४, २०८१
राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।’

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
शुक्रबार, माघ ४, २०८१
भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
-1737081622.png)
हमास-इजरायल सम्झौता, आइतबारबाट तीन चरणमा सकिने
शुक्रबार, माघ ४, २०८१
कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ ।

‘हमास-इजरायल युद्धविराम आइतबार देखि लागू हुनेछ’
बिहीबार, माघ ३, २०८१
सो सहमति पछि इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धिवराम हुन लागेको हो ।

दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
बुधबार, माघ २, २०८१
भ्रष्टाचार सम्बन्धी विषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ । ‘युनलाई बुधबार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाई अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने ।

महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा भइन् बिरामी
मंगलबार, माघ १, २०८१
लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन् भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् । ‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।

अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
सोमबार, पुस २९, २०८१
आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।

इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई
आइतबार, पुस २८, २०८१
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताएकी छिन् ।
“गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ”, पाकिस्तानले आयोजना गरेको र दर्जनौँ देशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै...
साताको लोकप्रिय