नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की
सोमबार, फागुन १२, २०८१
जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु ।’

मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
आइतबार, फागुन ११, २०८१
लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।

अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
आइतबार, फागुन ११, २०८१
रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
-1740311225.png)
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो
आइतबार, फागुन ११, २०८१
‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पाँच सय होइन , अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
आइतबार, फागुन ११, २०८१
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर सहायता प्रदान गरेको भनेर भ्रम फैलाएको गुनासो गरेका छन् ।

फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते
आइतबार, फागुन ११, २०८१
शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
शनिबार, फागुन १०, २०८१
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।

युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
शनिबार, फागुन १०, २०८१
भारतस्थित युरोपेली संघको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’

बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना
शनिबार, फागुन १०, २०८१
रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो, तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।

इजरायलमा तीनवटा बसमा विस्फोट
शुक्रबार, फागुन ९, २०८१
इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो ।

श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
शुक्रबार, फागुन ९, २०८१
वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।

अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ। होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा होटल भित्र मानिसहरू सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत...

अमेरिकामा अण्डाको हाहाकार
शुक्रबार, फागुन ९, २०८१
यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
साताको लोकप्रिय