युरोपेली नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’
शनिबार, फागुन १७, २०८१
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’

ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
शनिबार, फागुन १७, २०८१
ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...

नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
शुक्रबार, फागुन १६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।

भारतको उत्तराखण्डमा हिमपहिरो परी ४१ कामदार बेपत्ता
शुक्रबार, फागुन १६, २०८१
शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।

रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा
बिहीबार, फागुन १५, २०८१
मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।

इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ
बिहीबार, फागुन १५, २०८१
पछिल्लो बैठक यसै मुद्दा समाधानमा केन्द्रित हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकी विदेश नीतिमा पूर्णतः यु टर्न आएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर तीन वर्षभन्दा बढी समयमा पहिलोपटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।

६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए
बुधबार, फागुन १४, २०८१
विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।

पेरिसको होटलको झ्यालबाट नवजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
बुधबार, फागुन १४, २०८१
नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने
मंगलबार, फागुन १३, २०८१
सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।

आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्कासित
मंगलबार, फागुन १३, २०८१
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारबाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।

बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने
मंगलबार, फागुन १३, २०८१
उनीहरुले शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन् । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।

अफगानिस्तानमा वृद्ध बेलायती दम्पती पक्राउ
सोमबार, फागुन १२, २०८१
पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् ।

बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी
सोमबार, फागुन १२, २०८१
वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।
साताको लोकप्रिय