Harsamaya
‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे
‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । 
त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित
त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो...
गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित
गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित गुल्मीमा व्यावसायिक किवीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । ०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँका किसानको बारी यतिवेला किवीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसानले यतिवेला किवीको व्यावसायिक उत्पादन सुरु...
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
वैदेशिक रोजगारी त्यागेर जुनारखेती रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।
गुल्मीमा बढ्यो सुन्तला उत्पादन
गुल्मीमा बढ्यो सुन्तला उत्पादन गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै कृषक खुसी भएका छन् ।  गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष...
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो...
वडाध्यक्षको तरकारीखेती मोह
वडाध्यक्षको तरकारीखेती मोह शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले...
काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन
काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन काठेखोला गाउँपालिका– ६ का किसानले यस वर्ष रु. पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु. दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु. तीन करोड ५० लाखबराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुनेखानेहरू सहरबजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारी खेतीमा आबद्ध छन् ।...
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको...
सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला
सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको...
Weather Update