Harsamaya
आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका-५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका- २ का लक्ष्मण थापामगरले वार्षिक रु. पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 
जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन । तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया ६ वर्षदेखि थन्किएको छ ।
किसानलाई सुन्तला बिक्री गर्न सकस
किसानलाई सुन्तला बिक्री गर्न सकस तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन् ।
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । यही पेसाबाट उनले वार्षिक १० आम्दानी गर्दै आएका हुन् ।  अहिले गोलभेँडा, अकबरे खुर्सानीलगायत तरकारीको व्यावसायिक खेती गर्दै आएका ३८ वर्षीय रोकाले २० वटा बङ्गुर पनि पालेको बताए । उनले एक बिघामा तरकारीखेती गरिरहेको भन्दै यसबाट प्रशस्त...
‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’
‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै...
'काभ्रेपलाञ्‍चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी'
'काभ्रेपलाञ्‍चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी' यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलो/दानादार विषादी ५६ हजार एक सय ६० किलोग्राम र तरल...
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।सापकोटाले विगतमा जस्तै यस वर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित)
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित) बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव...
विदेशी बजारमा कर्णालीको अदुवा
विदेशी बजारमा कर्णालीको अदुवा कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।  अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
Weather Update