Harsamaya
 तरकारी र फलफूलको मूल्य कुनको कति?
 तरकारी र फलफूलको मूल्य कुनको कति? त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’
बाँझो जग्गामा ओखरखेती
बाँझो जग्गामा ओखरखेती बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी
तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी उनले वर्षमा सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानिएको छ ।
महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती
महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । 
नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत
नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गरे । 
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो ।
भारतीय अण्डा भित्रिएपछि ...
भारतीय अण्डा भित्रिएपछि ... संघका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको...
नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो
नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।’
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
Weather Update